दलहरु मिल्न नसक्दा प्राकृतिक चिकित्सालयको वरिष्ठ उपाध्यक्ष र सचिव पदका लागि मंगलबार निर्वाचन हुदै

NAWALPUR TIMES

दलहरु मिल्न नसक्दा प्राकृतिक चिकित्सालयको वरिष्ठ उपाध्यक्ष र सचिव पदका लागि मंगलबार निर्वाचन हुदै
FB IMG 16153717129095017

सन्जय भट्टराई/कावासोती ।
पुर्वी नवलपरासीको रजहरमा रहेको देशकै प्रतिष्ठित अस्पताल सामुदायिक प्राकृतिक चिकित्सालयमा सन्चालक समितिको दुई वटा पदमा सर्वसम्मत हुन नसके पछि वरिष्ठ उपाध्यक्ष र सचिव पदमा मंगलबार निर्वाचन हुने भएको छ।

वरिष्ठ उपाध्यक्ष सचिव पदमा दलहरु आफ्नो उम्मेदवार बनाएर खडा भए पछि सर्वसम्म्त हुन नसकेको निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा नेपाली काङ्ग्रेस , नेकपा माओवादी केन्द्र, जसपा , राप्रपा लगाएतका दलहरुको तर्फ बाट वरिष्ठ उपाध्यक्षमा पेउ नारायण न्यौपाने र सचिवमा प्रदिपराज घिमिरेले उम्मेदवारी दिएका छ्न भने नेकपा एमालेको ओलि समुहको तर्फबाट वरिष्ठ उपाध्यक्षमा ॠषि तिवारी र सचिवमा टोपराज कोईरालाको उम्मेदवारी परेको हो ।

अस्पताल जस्तो ठाउँमा आफुहरुले सबै पदमा सर्वसम्म गर्न खोजे पनि नेकपा एमालेको ओलि समुहको हठ कारणले सहमति हुन नसकेर निर्वाचन गर्न परेको सर्वसम्मत रुपमा नयाँ कार्यकालको लागि अध्यक्ष चयन भएका सन्तबहादुर क्षेत्रीले बताए । क्षेत्रीले ओलि समूह सहमति भन्दा पर भागेको आरोप लगाउदै गर्दा ओलि समुहका देवचुलीका नेता एवं देवचुली नगरप्रमुख पदका प्रत्यासी हरि न्यौपानेले नेपाली काङ्ग्रेसले सहमति नमानेर आफुले पाएको अध्यक्ष पनि माओवादी केन्द्रलाई दिएर अन्य पद खोज्दा समस्या आएको बताए ।

यो विषयमा नेपाली काङ्ग्रेस देवचुलीका सहसभापती रवि सापकोटा सँग कुरा गर्दा एमालेको ओलि समुहको कारणले निर्वाचन गर्न परेको बताए । सापकोटाले नेकपाका साथीहरू मिल्न नसक्दा आफुहरुले उम्मेदवारी दिनु परेको बताए ।

मंगलबार बिहान ९ देखि सुरु भएर ४ बजे सम्म मतदानको प्रक्रिया चल्ने निर्वाचनमा नेकपा एमालेको ओलि समूह बाहेक सबै एकातिर देखिँदा निर्वाचनको परिणाम आफ्नो पक्षमा आउने काङ्ग्रेस देवचुलीका सहसभापती रवि सापकोटाले बताए भने सहमति उलंघन गरेर काङ्ग्रेस र माओवादी केन्द्रले निर्वाचनमा जान बाध्य पारेको हुँदा मतदाताले आफुहरुको पक्षमा निर्णय दिने हरि न्यौपानेको दाबी रहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology