दमारमा मोटरसाइकल दुर्घटना : ३० वर्षीय युवकको मृत्यु, २ जना घाइते

NAWALPUR TIMES

दमारमा मोटरसाइकल दुर्घटना : ३० वर्षीय युवकको मृत्यु, २ जना घाइते

कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिकाको दमारमा गए राती मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय युवकको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छ्न ।

मध्यविन्दु न.प.११ दमार चोक स्थित भित्री सडक खण्ड दमारबाट दमार चोक तर्फ आँउदै गरेको लु. ७६ प १६२१ नं. को ३ जना सवार मोटरसाइकल चालकले नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मध्यबिन्दु न.पा. ११ दमार बस्ने बर्ष ३० वर्षीय अनिल बि.क.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा सोही ठाउँ बस्ने अनिल ठकुरी घाईते भएका र उनको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ भने सामान्य घाईते भएका मोटरसाइकल चालक उपचार पछि प्रहरी नियन्त्रणमा रहेका छ्न ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology