थ्री नेसन्स कप: नेपालले किर्गिस्तानको सामना गर्ने

NAWALPUR TIMES

थ्री नेसन्स कप: नेपालले किर्गिस्तानको सामना गर्ने
1616638997374

काठमाडौं। नेपालले थ्री नेसन्स कपमा किर्गिस्तानसँग आफ्नो पहिलो खेल खेल्दै छ। दशरथ रङ्गशालामा हुने खेलमा नेपाले विजयी सुरुवातको अपेक्षा गरेको छ। पहिलो खेलमा बङ्गलादेशसँग पराजय ब्योहोरेको किर्गिस्तान दबाबमा रहेको छ।

नेपाली टोलीका प्रशिक्षक बिराज महर्जनले २३ सदस्य रहेको टोलीको घोषणा गरेका छन्। मध्य क्रम बलियो बनाउने उद्देश्य देखिएको टोलीमा नवयुग श्रेष्ठ, विकास खवास परेका छैनन्। विश्वकप छनोटका लागि तयारी गरिरहेको नेपाली टोलीले थ्री नेसन्स कपमा केही नयाँ प्रयोग गर्न लागेको जस्तो देखिएको छ।

युवा सम्मिलित किर्गिस्तानको टोलीले पहिलो खेल बङ्गलादेशसँग पराजय भोगे पनि नेपाली टोलीलाई सजिलो भने हुने छैन। मैदानको अनुभव लिइसकेको किर्गिस्तानले नेपाल विरुद्धको खेल गाह्रो हुने भने पनि नेपाली टोलीलाई पनि सहज देखिँदैन।

प्रशिक्षकले मध्य क्रमको बलमा खेल्ने रणनीति लिएमा नेपाली खेलाडीहरू पनि यो रणनीतिमा कति अभ्यस्त छन् भन्ने कुराले खेलको नतिजा निर्भर गर्नेछ। नयाँ प्रयोग गर्दा फाइदा र हानी दुवै हुनसक्ने सम्भावना बराबर रहन्छ।

यसपछि चैत १४ मा हुने खेलमा नेपाल र बङ्गलादेश भिड्नेछन्। चैत १६ गते हुने फाइनल खेलमा शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology