थारु विद्यार्थी समाजकाे स्थापना दिवसको अवसरमा थारु विद्यार्थी सम्मान

NAWALPUR TIMES

थारु विद्यार्थी समाजकाे स्थापना दिवसको अवसरमा थारु विद्यार्थी सम्मान
1724082758839

नवलपुर । थारु विद्यार्थी समाजको स्थापना २९ औं स्थापना दिवसको अवसरमा नवलपुरमा विभिन्न तह उतिर्ण थारु विद्यार्थीहरुलाई सम्मान गरिएको छ । थारु विद्यार्थी समाजका संस्थापक अध्यक्ष एवं पुर्व सांसद रेशम चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै नेता चौधरीले आफु विद्यार्थी हुदाँ हक अधिकार र अन्यायकाे बारेमा बाेलिदिने काेही थिएन तर अहिले थारु विद्यार्थी समाजले थारु विद्यार्थीमा बारेमा वकालत गर्दै आएकाेमा खुसि व्यक्त गरेका छ्न । कार्यक्रमलाई सम्बोधन गर्दै चाैधरीले विद्यार्थी जिवनमा आफुले गरेका संघर्षकालका कुरा सुनाउदै विद्यार्थीहरुले आफ्नो मेहनतलाई निरन्तरता दिनुपर्ने बताए । उनले आफू विद्यार्थी जिवनमा हुदा थारु समुदायको पत्रिका ( जाेगनी ) प्रकाशकाे आधारमा सरकारले १ दिनकाे लागि कारागार चलान गर्दा पनि थारु विद्यार्थी र थारु समुदायको लागि आफु सदैव तत्पर रहने बताएका थिए ।

त्यस्तै कार्यक्रममा बाेल्ने अधिकांश वक्ताहरुले तल्लो कक्षामा थारु विद्यार्थीकाे पढाइ संगै नतिजा राम्रो हुने तर माथिल्लो कक्षामा जादै गर्दा पढाइ संगै नतिजा समेत बिग्रदै जाने मुख्य समस्या रहेकाे कुरालाइ जाेड दिएका थिए । यसकाे समाधानका लागि विद्यार्थी स्वयं , अभिभावक तथा शिक्षककाे समेत महत्त्वपूर्ण भुमिका रहने कुरामा वक्ताहरुको जोड थियो ।

कार्यक्रममा एसइइ मा उत्कृष्ट नतिजा ल्याउने ५३ जना, +२ तर्फ ३५ , स्नातक तहमा २० , स्नातकोत्तर ३ , लेखापढी व्यवसायी परीक्षा उतिर्ण ११ र राष्ट्रिय खेलाडी ३ जना थारु विद्यार्थी लाई सम्मान गरिएको थियो ।

थारु विद्यार्थी समाज नवलपुरका जिल्ला सभापति सन्दिप महताेकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा थारु बुद्धिजीवी , थारु अगुवा , थारु विद्यार्थी , शिक्षक , समाजसेवी लगाएको उपस्थिति रहेकाे थियाे भने कार्यक्रम थारु राष्ट्रिय संग्रहालय अध्यन केन्द्र डण्डामा सम्पन्न भएकाे हाे ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology