थप ९ हजार ३०५ जनामा कोरोना संक्रमण, १६८ को मृत्यु

NAWALPUR TIMES

थप ९ हजार ३०५ जनामा कोरोना संक्रमण, १६८ को मृत्यु
coronavirus Ml320w14Sk 1

काठमाडौं : पछिल्लो २४ घन्टामा थप ९ हजार ३०५ जनामा कोरोना संक्रमण देखिएको छ। विभिन्न अस्पतालमा पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गराएकाहरुमध्ये ९ हजार ३०५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन्।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १६८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयका अनुसार बुधबार ४ हजार ४४४ जना कोरोनामुक्त भएका छन्।  हालसम्म सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६३४  पुगेको छ।  ५१७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको  छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ३ हजार ९२४ जनामा कोरोना संक्रमण देखिएको छ। काठमाडौंमा ३२ सय ५०,भक्तपुरमा २२६ जना र ललितपुरमा ४४८ जना गरी ३ हजार ९२४ जनामा संक्रमण देखिएको हो।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology