त्रिभुवन विमानस्थलमा एक घण्टादेखि जहाज उडान रोकियो

NAWALPUR TIMES

त्रिभुवन विमानस्थलमा एक घण्टादेखि जहाज उडान रोकियो
15 23 50 airport 1

काठमाडौं । त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा एक घण्टा भन्दा बढी समयदेखि विमान उडान बन्द भएको छ ।

अहिले त्रिभुवन विमानस्थलबाट उड्नुपर्ने जहाज रोकिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

फ्लाई दुबई, इन्डिगो एयर एयर इन्डिया लगायत ५/६ वटा अन्तर्राष्ट्रिय उडान रोकिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।

अध्यागमन विभागले भने सबै सरकारी वेवसाइटमा समस्या आएको बताएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएर सबै सरकारी वेबसाइट डाउन भएकाले अध्यागमनको वेबसाइट पनि नचलेको एक अधिकारीले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology