तेस्रो टी-२० मा अस्ट्रेलियाले भारतलाई हरायो

NAWALPUR TIMES

तेस्रो टी-२० मा अस्ट्रेलियाले भारतलाई हरायो
virat1607428848

भारतविरुद्धको टी-२० सिरिजको तेस्रो म्याचमा घरेलु टिम अस्ट्रेलियाले जित हात पारेको छ। मंगलबार सिड्नीमा भएको खेलमा अस्ट्रेलियाले भारतलाई १२ रनले पराजित गरेको हो।

सुरुवाती दुई खेल जितेको भारतले यसअघि नै सिरिज जितेको थियो।

मंगलबार अस्ट्रेलियाले दिएको १८७ रनको लक्ष्य पछ्याएको भारतले ७ विकेटको क्षतिमा १७४ रन मात्र जोड्न सक्यो।

भारतका लागि कप्तान विराट कोहलीले ८५ रन जोडे। ६१ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका कोलही १९ ओभरको पहिलो बलमा आउट भएपछि भारतमाथि दबाब परेको  थियो

भारतका लागि कोहलीबाहेक अन्य ब्याट्सम्यानले राम्रो ब्याटिङ गर्न सकेनन्। शिखर धवनले २८ रन जोडेका थिए भने हार्दिक पाण्ड्या २० रन जोडेर अन्तिम ओभरमा आउट भए।

बलिङमा अस्ट्रेलियाका मिचेल स्वेपसनले ३ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले ५ विकेटको क्षतिमा १८६ रन जोड्यो।

अस्ट्रेलियाका लागि ओपनर म्याथ्यु वेडले ८० रन जोडे। ग्लेन म्याक्सवेलले ३६ बलमा ५४ रन बटुले।

बलिङमा भारतका वासिङटन सुन्दरले २ विकेट लिए।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology