तेस्रो खेलमा पीएनजीलाई हराउँदै फाइनल पुग्ने नेपालको लक्ष्य

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत १७ गते ८:३१
तेस्रो खेलमा पीएनजीलाई हराउँदै फाइनल पुग्ने नेपालको लक्ष्य
276950552 263488069328856 1303797523993764160 n

काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत नेपालले आज (बिहीबार) तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ । खेल टियु क्रिकेट मैदानमा साढे १२ बजे सुरु हुनेछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराएर एक खेलअघि नै फाइनल पुग्न चाहन्छ । ‘हाम्रो लक्ष्य भनेकै लगातार चार खेल जित्दै घरेलु मैदानमा शृंखला उचाल्ने हो’, बुधबार मलेसियालाई पराजित गरेपछि कप्तान सन्दीपले भने।

सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराउँदा दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो ।

नेपाल २ खेलबाट ४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ । पीएनजीले दुई खेलमा अंक जोड्न सकेको छैन । पीएनजी पुछारमा छ ।

मलेसिया २ खेलमा २ जित र १ हारसँगै २ अंककासाथ तालिकाको दोस्रो स्थानमा छ ।

 

प्रकाशित : २०७८ चैत १७ गते ८:३१
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI