तीन मेडिकल कलेजमा छापा

NAWALPUR TIMES

तीन मेडिकल कलेजमा छापा
69587543 121079895930551 2326676912019079168 n

२ मसिंर, काठमाडौँ । सम्पत्ति शुद्धकिरण अनुसन्धान विभागले आइतबार तीन मेडिकल कलेजमा छापा हानेको छ ।

भरतपुरस्थित चितवन मेडिकल कलेज, वीरगन्जस्थित नेसनल मेडिकल कलेज र विराटनगरस्थित नोबेल मेडिकल कलेजमा विभागबाट खटिएको टोलीले छापा हानेर कागजपत्र नियन्त्रणमा लिएको छ ।

‘मागिएका कागजपत्र दिन अटेर गरेपछि छापा हानेर नियन्त्रणमा लिइएको हो,’ विभागका एक अधिकारीले भने, ‘ठगी गर्ने मेडिकल कलेजमाथि कारबाही गर्न प्रधानमन्त्रीज्यूबाटै निर्देशन आएपछि छानबिनमा तीब्रता दिइएको छ ।’ चितवन मेडिकल कलेजका हरिश न्यौपाने, नेसनलका बसुद्दिन अन्सारी र नोबेलका मुख्य सञ्चालक सुनील शर्मा हुन् ।

उनीहरुले विभागका अनुसन्धानलाई असहयोग गर्दै आएका थिए । विद्यार्थीसँग लिइएको शुल्कको विवरण तथा संरचनासम्बन्धी कागजपत्र विभागले नियन्त्रणमा लिएको छ । सोमबारको नयाँ पत्रिकाबाट

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology