तीन करोड डलरको मदिरा पिउछन् किम

NAWALPUR TIMES

तीन करोड डलरको मदिरा पिउछन् किम
1604136170367

काठमाडौं । उत्तर कोरियाका नेता किम जोन उन केही समयअघि सम्म निकै चर्चामा आउने गर्थे अमेरिकालाई दिनहुँजसो धम्की दिने मामिलामा उनी अगाडि थिए ।पछिल्लो समय केही मौन रहेका उनको विषयमा रमाइलो तथ्य सार्वजनिक भएको छ । उनले वार्षिक ३ करोड डलरको मदिरा पिउने गरेका छन् ।

उनले पिउने मदिरामा ह्वीस्की र कागनेक रहेको बताइएको छ । उनले पिउने मदिरा पनि विश्वको सबैभन्दा महँगो ब्राण्डको पिउने गरेका छन् ।किम जोन उनकी श्रीमतीले बोक्ने ह्याण्डब्यागको मूल्य बराबरको सामान्य उत्तर कोरियन नागरिकको वार्षिक आम्दानी हुने गरेको छ । किमकी श्रीमतीको ह्याण्डब्यागको मूल्य १४५७ डलर रहेको बताइएको छ ।

किमले चुरोट पनि १६५ डलरको पिउने गरेका छन् ।  किमले आफ्नै लागि एक सिनेमा हल पनि निर्माण गरेका छन् । जसमा १ हजार सिट रहेका छन् । किमलाई डेनमार्कको सुँगुरको मासु, इरानको माछाको अण्डा, चीनको तरबुजा मिठो लाग्छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology