तीजमा मन्दिर नजान प्रशासनकाे अनुराेध

NAWALPUR TIMES

तीजमा मन्दिर नजान प्रशासनकाे अनुराेध
Shrawan Somaab Pashupati 9 1597926650

महिलाकाे विशेष चाड हरितालिका तीज सुरु भएको छ। हरेक वर्ष यो पर्व भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने चलन छ। बिहीबार घरघरमा दर खाएर तीज सुरु भएकाे छ।

यस वर्ष भने कोरोना भाइरसका कारण दिदीबहिनीलाई घरमै बसेर तीज मनाउन भक्तपुर जिल्ला प्रशासन प्रमुख हुमकला पाण्डेले अनुरोध गरेका छन्।

उनले यो महामारीको बेला पर्वभन्दा पनि आफ्नो ज्यानको ख्याल राख्न र रोग लाग्नबाट कसरी बच्न सकिन्छ भन्ने कुरामा ध्यान दिन अनुरोध गरेकी छन्। ‘आफू बाँचे पर्व जहिले पनि मनाउन सकिन्छ,’ उनले भनिन्।

भोलि शुक्रबार तीज भएका कारण केही मन्दिरमा केही स्वयंसेवक परिचालन गर्ने सोच रहेको उनले बताइन्। मन्दिर वा बिना कारण बाहिर निस्किनेलाई कडा कारबाही गर्ने पाण्डेले जनाकारी गराइन्।

साथै भक्तपुर नगरपालिका वडा ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वाले आजको जस्तै भोलि पनि सबै स्थानीयबासी घरमै बसेर साथ दिनु हुन्छ भन्ने विश्वास गरेका छन्।

कोरोना भाइरसको महामारी भइरहेका कारणले वडाको तर्फबाट सार्वजनिक सूचनामार्फत मेला नहुने, भिडभाड नगरिदिनु हुने अनुरोध गरेको ज्याख्वाले बताए। साथै दत्तात्रय मन्दिर व्यवस्थापन समितिले पनि तीज नमाउने भनी घोषणा गरेको छ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ। हरितालिका तीजका सन्दर्भमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ। हरितालिका तीजमा ब्रत बस्दा आफूले चाहेको मनोकामना पुरा हुने विश्वासमा महिलाहरू ब्रत बस्ने गर्दछन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology