तम्सरिया खानेपानी निर्वाचन : प्यानलनै बनाएर दलगत उम्मेदवारी

NAWALPUR TIMES

तम्सरिया खानेपानी निर्वाचन :  प्यानलनै बनाएर दलगत उम्मेदवारी
received 466075078116635

सन्जय भट्टराई/कावासोती । तम्सरिया तेस्रो शहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्था मध्यविन्दु-७ चोरमाराको यहि पौष २५ गते हुने कार्यसमिति र लेखासमितीको निर्वाचनमा दलगत रुपमा नै प्यानल बनाएर उमेदवारहरुले मत माग्न सुरु गरेका छ्न ।

प्रतिस्पर्धी समूह लोकतान्त्रिक र वामगठबन्धन प्यानल नै बनाएर खानेपानी संस्थाको नेतृत्व आफ्नो पक्षमा पार्न उम्मेदवारहरु राजनैतिक दलकै आडमा खडा भएका छन् । २५ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक प्यानलबाट नेपाली कांग्रेस निकट उम्मेदवारहरुले उम्मेदवारी दिएका छन भने वाम गठबन्धन प्यानलबाट नेकपा निकट उम्मेदवारहरुले उम्मेदवारी दिएका छ्न ।

नेपाली काङ्ग्रेस निकट मानिएको लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदमा मनोज गुरुङ (मनु), उपाध्यक्षमा सती कुमारी मानन्धर, सचिवमा ठाकुर प्रसाद पाण्डे, कोषाध्यक्षमा भीम बहादुर खडका, सदस्यहरुमा युवराज पाठक ,विवेक कुमाल,चिन्ता मणी महतो, सरस्वती भट्टराई,हिरा कुमारी महतोको उम्मेदवारी परेको छ भने नेकपा निकट भनिएको वामगठबन्धन प्यानलबाट अध्यक्ष पदका लागि अर्जुन पुरी, उपाध्यक्षमा लक्ष्मी पंगेनी, सचिवमा धर्मराज लुईटेल, कोषाध्यक्षमा भिम प्रसाद गैरे, सदस्यहरुमा कोपिला ज्ञवाली पौडेल ,लाल वहादुर मल्ल,सोख्त बहादुर मगर , दिपेन्द्र बि.क.को उम्मेदवारी परेको निर्वाचन अधिकृत सन्देश लामिछानेले बताए । त्यसै गरि कार्यसमितिको उपाध्यक्ष पदमा दुर्गा कुमारी पराजुली र सदस्यमा लोक वहादुर कुमालको स्वतन्त्र उमेद्धावारी परेको हो ।

लेखासमिती संयोजक पदमा लोकतान्त्रिक प्यानलका सागर ढकालको मात्र उम्मेदवारी परे पछि ढकाल निर्विरोध निर्वाचित  भएका छ्न । लेखासमिती सदस्य पदमा लोकतान्त्रीक पक्ष वाट भिमलाल चापागाई र धुर्व न्यौपानेको उम्मेदवारी परेको छ भने वामगठबन्धनको तर्फबाट लेखा समिति सदस्यमा तोयानाथ आचार्यको मात्रै उम्मेदवारी परेको छ ।

९ सदस्यीय कार्यसमिति र ३ सदस्यीय लेखा समितिको लागि २२ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत सन्देश लामिछानेले बताए ।

सहमतिमा कार्यसमिति चयन गर्ने प्रयास असफल भए सँगै निर्वाचन हुन लागेको हो । यति बेला आयोजनाको सेवा क्षेत्र मध्यविन्दु नगरपालिकाको वडा नम्वर ५,६,७,८ र ९ मा  स्थानीय तहको निर्वाचनको झल्को दिने गरि उम्मेदवारहरु घरदैलो गर्दै मत मागी रहेका छ्न ।

 

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology