तम्सरिया खानेपानी निर्वाचन : सबै पदहरुमा लोकतान्त्रिक प्यानलका उम्मेदवार विजयी

NAWALPUR TIMES

तम्सरिया खानेपानी निर्वाचन : सबै पदहरुमा लोकतान्त्रिक प्यानलका उम्मेदवार विजयी
received 466075078116635

कावासोती । तम्सरिया  तेस्रो शहरी खानेपानी तथा सरसफाई उपभोक्ता सस्था मध्यविन्दु-७ चोरमाराको शनिबार सम्पन्न कार्यसमिति र लेखासमितीको निर्वाचनमा नेपाली काङ्ग्रेस निकट लोकतान्त्रिक प्यानल सबै पदहरुमा निर्वाचित भएको छ । आइतबार बिहान सम्पन्न मतगणनामा अनुसार नेपाली काङ्ग्रेस निकट लोकतान्त्रिक प्यानलका मनोज गुरुङ (मनु)ले निकटतम प्रतिद्वन्द्वी वामगठबन्धनका अर्जुन पुरीलाई ५सय७५ मत अन्तरले पराजित गरेका हुन ।

यसै गरि उपाध्यक्षमा लोकतान्त्रिक प्यानलकै सतिकुमारी मानन्धर , सचीवमा ठाकुरप्रसाद पाण्डे , कोषाध्यक्षमा भिमबहादुर खडका, सदस्यहरुमा विवेक कुमाल, चिन्तामणि महतो, युवराज पाठक, सरस्वती भट्टराई , हिराकुमारी महतो निर्वाचित भएका छ्न ।

यसै गरि लेखासमिती सदस्य पदमा लोकतान्त्रिक प्यानलकै धुर्व न्यौपाने र भिमलाल चापागाईं निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।

लेखा समिति संयोजक पदमा भने यस अघि नै लोकतान्त्रिक प्यानलका सागर ढकाल निर्विरोध निर्वाचित भएका थिए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology