तनहुँमा जीपलाई ठक्कर दिएर पुलबाट खस्यो ट्रक, दुईजनाको मृत्यु

NAWALPUR TIMES

तनहुँमा जीपलाई ठक्कर दिएर पुलबाट खस्यो ट्रक, दुईजनाको मृत्यु
adfgf 1735022597

कावासोती ।पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१, आँधीखोलामा मंगलबार (आज) बिहान इँटा बोकेको ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

ट्रकका चालक उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सहचालक रौतहटका २८ वर्षीय विजय विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिए ।

डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बा प्र ०१–००१ य १६५९ नम्बरको स्कोरपियो (जीप)लाई विपरीत दिशाबाट आउँदै गरेको ए २–०३००–१ केएच २४४८ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्करपश्चात् स्कोरपियो सडकमै रहेको र ट्रक पुलको बीचभागबाट खसेर दुर्घटना भएको थियो ।

स्कोरपियोमा सवार चारजना सकुशल रहेका प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त ट्रकलाई क्रेनको सहायताले तानिएको थियो । रासस

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology