ढोरपाटनलाई समृद्धिसँग जोड्नुपर्छ : मुख्यमन्त्री पोखरेल

NAWALPUR TIMES

ढोरपाटनलाई समृद्धिसँग जोड्नुपर्छ : मुख्यमन्त्री पोखरेल
krishnachandra LSObALFqST

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ढोरपाटनलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताएका छन्। शुक्रबार बाग्लुङका विभिन्न कार्यक्रममा सहभागी हुँदै उनले नेपालको एकमात्र सिकार आरक्षका रुपमा रहेको ढोरपाटन स्वदेमा मात्रै नभएर विदेशमा पनि चासो र चर्चा पाएको स्थल भएकाले यसलाई प्रदेशको समृद्धिसँग जोड्नुपर्ने बताए ।

ढोरपाटनसहित यस आसपासका क्षेत्रमा पूर्वाधार निर्माणसँगै सर्वसाधारणको अपेक्षाअनुरुप विकासका गतिवधि अघि बढाउन सरकार प्रतिबद्ध भएको जनाउँदै मुख्यमन्त्री पोखरेलले प्राथमिकताअनुसार योजना तय गर्न आग्रह गरे । संरक्षणसँगै आयआर्जनमा जोड दिनु आवश्यक भएको उल्लेख गर्दै उनले विद्यमान कानुनी अड्चनलाई अन्त्य गर्नेतर्फ सरकार गम्भीर भएको उल्लेख गरे । सरकारले वन ऐन ल्याउने तयारी गरेको उनले जानकारी दिए ।

ढोरपाटन सिकार आरक्ष कार्यालयमा उक्त आरक्षबाट भइरहेका कामबारे मुख्यमन्त्रीले जानकारी लिएका छन्। मुख्यमन्त्रीसहितको टोलीलाई ढोरपाटन सिकार आरक्ष कार्यालयका तर्फबाट प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी गराएका थिए । त्यस्तै ढोरपाटनमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले स्थानीय समृद्धि र विकासका लागि एकताबद्ध भएर जानु सकारात्मक भएको बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology