ढुंगाखानीमा जिप खस्दा ५ जनाको मृत्यु

NAWALPUR TIMES

ढुंगाखानीमा जिप खस्दा ५ जनाको मृत्यु
accident sPuNXpyuua 1

बागलुङको जैमिनी नगरपालिका-८ को ढुंगाखानीमा जिप खस्दा ५ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

ग २ च ९२४७ नम्बरको पिकअप जिप ढुंगाखानीको भीरबाट खसेको स्थानीय तमसम रानाले जानकारी दिए । केवै भन्ने गाउँदेखि बियाडथला हुँदै सदरमुकाम आउन लागेको जिप खसेको हो । जिपमा सवार ५ जनाकै मृत्यु भएको प्रहरीले बताएको छ ।

मृत्यु हुनेको पहिचान भइनसकेको प्रहरी निरीक्षक केशव थापाले बताए । घटनास्थलमा स्थानीय र प्रहरीले उद्धार गरिरहेका छन् । प्रहरी चौकी छिस्तीबाट गएको टोलीले मृतकको सनाखत गर्ने थापाले जानकारी दिए । एकजनाको जिवितै उद्धार गरी धौलागिरि अस्पताल तर्फ ल्याउने तयारी भएको छ । घटनास्थल सदरमुकाम देखि झन्डै ४० किमी दक्षिणमा पर्छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology