कावासोती । ड्राइभिङ्ग स्कुल संघ गण्डकी प्रदेशको प्रथम अधिवेशन शनिबार पोखरामा सम्पन्न भएकोछ । सम्पन्न अधिवेशनले सर्वसम्मत १५ जनाको कार्यासमिति चयन गरेको छ । समितिको अध्यक्षमा तुलबहादुर ठकुरी चयन भएका छन् भने वरिष्ठ उपाध्यक्षमा नवलपुरका प्रविन सापकोटा चयन भएका छन् ।
त्यस्तै उपाध्यक्षमा नवलराज तिवारी ,सचिवमा रामचन्द्र पौडेल, सह–सचिवमा विष्णु पन्त ,कोषाध्यक्षमा भिमलाल खनाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा नवराज दवाडी ,गोपाल अधिकारी ,हेमराज महतो,मेघनाथ देवकोटा ,मनध्वज राना ,कमला देवि गुरुङ,सुस्मिता थापा ,गंगाराम शर्मा र निवर्तमान अध्यक्ष बसन्त भट्टचन सहित १५ जनाको कार्यसमिति सर्वसम्मतरुपमा बनेको वरिष्ठ उपाध्यक्ष प्रविन सापकोटाले जानकारी दिए ।
प्रकाशित : २०८० मंसिर २३ गते २०:११
Facebook Comment