जुनिचाँदे २ का वडाध्यक्ष रामबहादुर नेपालीलाइ प्रहरीले पक्राउ गरेको छ । साउन १५ गते स्थानीय सर्पे नेपालीलाइ डोरीले बाधेर कुटपिट गरी बन्धक बनाएको आरोप लागेपछि अध्यक्ष नेपालीलाइ प्रहरीले आज पक्राउ गरेको हो ।
आजै सदरमुकाम ल्याइसक्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । सर्पेलाइ बन्धक बनाएपछि प्रहरी आएर बन्धक मुक्त गरेको थियो । नेपालीले यो भन्दाअघि जुनिचाँदे गाउँपालिकाका स्वास्थ्य सहसंयोजक यज्ञश्वार बस्नेतलाई पनि कुटपिट गरेका थिए । यसअघि स्थानीय युवाहरुसँग विवाद हुँदा नेपाली आफैँ घाइते भएका थिए ।
											
											प्रकाशित :  २०७८ साउन  २१ गते १०:४१
										
										
										
	
										
										  
							 
						
Facebook Comment