डिजल र धानमा प्रयोग गरिने विषादी सेवन गर्दा नवलपुरमा दुईजना बालक बिरामी

NAWALPUR TIMES

डिजल र धानमा प्रयोग गरिने विषादी सेवन गर्दा नवलपुरमा दुईजना बालक बिरामी
boy being sick in hospital bed have a high fever sleep with pillows and blankets vector

कावासोती । नवलपुरमा दुईवटा स्थानमा भएका छुट्टाछुट्टै घटनामा परेर २ जना नाबालक बिरामी परेका छ्न ।

विनयी त्रिवेणी गाउँपलिका वडा नं ४ सिद्रे बस्ने मन कुमारी सोमैको छोरा ३२ महिनाको छोरा सलुन सोमैले खेल्ने क्रममा घरमा राखिएको डिजेल सेवन गरेपछि बिरामी परेका हुन ।

झुक्किएर डिजल खाए पछि बालकलाई मध्यविन्दु जिल्ला अस्पताल ल्याईएको र थप उपचारको लागि भरतपुर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यसै गरि जिल्लाकै कावासोती-३, अठ्ठाइस बिघा बस्ने शर्मिला सुनारको छोरा १३ महिनाको मनिष सुनारले घरमा खेल्ने क्रममा धानमा प्रयोग गर्ने विषादी सेवन गरी बिरामी भए पछि उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएको प्रहरीले जनाएको छ ।

बिरामी परेका दुवै बालकको अवस्था मध्यम रहेको नवलपुर प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology