डा केसी र सरकारबीच ८ बुँदे सहमति ( सहमति पत्रसहित)

NAWALPUR TIMES

डा केसी र सरकारबीच ८ बुँदे सहमति ( सहमति पत्रसहित)
1602334690402

काठमाडौं- चिकित्सा शिक्षा सुधारका विभिन्न ६ बुँदे माग राखेर २७ दिनदेखि आमरण अनसनमा बसेका डा गोविन्द केसी र सरकारबीच सहमति भएको छ।
डा केसी पक्ष र सरकारबीच शनिबार राती वार्ता भएपछि निष्कर्ष निस्किएको हो।

सहमतिपछि डा केसीले आइतबार (आज) बिहान अनसन तोड्ने भएका छन्।

डा केसी र सरकारबीच ८ बुँदे सहमति भएको छ। शनिबार दिनभर गृहकार्यमा रहेको दुवै पक्षको टोलीले शनिबार राती निष्कर्ष निकालेको हो।

बिहीबार सकारात्मक कोणबाट सुरु भएको वार्ता शुक्रबार भने निराशाजनक भएको थियो। शुक्रबारको वार्ता लगत्तै डा केसी पक्षले आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरिसकेको थियो।

बिहीबार १० घण्टा बसेर रोकिएको वार्ता शुक्रबार राती ९ बजे सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा भएको थियो। तर बिहीबारको कुराकानीभन्दा शुक्रबार सरकारी पक्ष पछि हटेपछि वार्ता निष्कर्षविहीन भएको थियो।

२७ दिनयता अनसनरत डा केसीको स्वास्थ्य अवस्था भने कमजोर बन्दै गएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। आफ्ना माग पूरा नहुन्जेल डा केसीले अनसन जारी राख्ने अडान दोहोर्याेउँदै आएका थिए।

यस्तो छ सहमति पत्र

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology