डलरको भाउ अहिलेसम्मकै महंगो

NAWALPUR TIMES

डलरको भाउ अहिलेसम्मकै महंगो
images 3

नवलपुर । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ। नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ (विनिमय दर) लगातार बढेर हरेक दिन नयाँ रेकर्ड बनाउन थालेको हो। सोही क्रममा नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमयदर १३१ रुपैयाँ ४१ पैसा तोकेको छ।

एक महिनायता गएको शुक्रबार नयाँ रेकर्ड बनाएको डलरको भाउ त्यसयता निरन्तर उकालो लाग्दै आएको छ। हरेक दिन अमेरिकी डलरको भाउ उकालो लागेपछि नेपाली मुद्रा पनि अहिलेसम्मकै कमजोर बनेको छ। पछिल्ला दिनहरूमा विश्व बजारमा डलरको माग बढिरहेकाले भाउ पनि बढेको हो ।

डलरको भाउ बढेपछि भारु हुँदै नेपाली मुद्राको भाउ घट्छ। भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष रुपमा प्रभावित हुन्छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology