डब्लुएचओका प्रतिनिधिले प्रधानमन्त्रीलाई भने,‘संक्रमण बढ्न सक्छ, तयारी पनि बढाउनुस्’

NAWALPUR TIMES

डब्लुएचओका प्रतिनिधिले प्रधानमन्त्रीलाई भने,‘संक्रमण बढ्न सक्छ, तयारी पनि बढाउनुस्’
1598543196159

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का नेपाल प्रतिनिधि डा जोश भ्यान्डेलरले नेपालमा कोरोना संक्रमण बढ्दै जाने सम्भावना रहेकोले आवश्यक तयारी गर्नुपर्ने बताएका छन्। बिहीबार बालुवाटारमा प्रधनमन्त्री केपी शर्मा ओलीसँग भेट्दै उनले कोभिड -१९ संक्रमणको नियन्त्रणका लागि थप सतर्कता अपनाउन आग्रह गरेका हुन्। भेटको क्रममा भ्यान्डेलरले कोरोना नियन्त्रण र रोकथामका लागि जनचेतना अभिवृद्धि गर्न समेत सुझाएका छन्।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईका अनुसार भ्यालेन्डेलरले नेपाल संक्रमणको पहिलो चरणमा भएकाले थप सतर्कता अपनाउन आग्रह गरेका छन्।

‘तपाईँहरु अहिले कोभिड-१९ संक्रमणको पहिलो चरणमा हुनुहुन्छ। सरकारले गरेका काम राम्रा छन्। तर, संक्रमणको दर बढ्दै जान सक्ने भएकाले जनचेतना सँग-सँगै, आइसोलेसनलगायतका अन्य तयारी पनि बढाउँदै जानुपर्छ,’ भट्टराईले जोशको भनाई उद्धृत गरे।

उनले कोरोना लाग्ने बित्तिकै मानिसको मृत्यु हुन्छ भन्ने कुरा गलत भएको भन्दै त्यस्तो मानसिकताबाट मुक्त गराउन चेतना जगाउनमा पनि जोड दिए।

जोशले कन्ट्याक्ट ट्रेसिङमा स्थानीय तहलाई क्रियाशील बनाउनुपर्ने सुझाव समेत दिएको भट्टराईले बताए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology