डडेल्धुरामा देवर र भाउजू एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ ३० गते १८:५६
डडेल्धुरामा देवर र भाउजू एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला
55bfc85dd1537d3bbf87e72bc0bf8de8bc58d0dfdfbd770bda0054e36910548f.0

धनगढी – डडेल्धुरामा देवर र भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन् । डडेल्धुराको आलिताल गाउँपालिका–५ भावर बस्ने पशुपति बिक र गणेश बिकको एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

आलितालको वडा नम्बर ३ र ५ को सीमाना रेला पुल नजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : २०७९ जेठ ३० गते १८:५६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI