ट्वान्टी-२० विश्वकप छनोटका लागि नेपाली टिमको घोषणा

NAWALPUR TIMES

ट्वान्टी-२० विश्वकप छनोटका लागि नेपाली टिमको घोषणा
1698373251761

कावासोती । कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा ट्वान्टी-२० विश्वकप खेल्ने १५ सदस्यीय टिम शनिबार घोषणा गरिएको छ । छनोटमा नेपाल समूह ‘ए’ मा परेको छ र नेपालका प्रतिद्वन्द्वी मलेसिया, ओमान र सिंगापुर रहेका छन् ।

मुख्य प्रशिक्षक मोन्टी देसााइले घोषणा गरेको टिममा रोहितसँगै कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, अविनास बोहरा, प्रतिश जीसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी छन् ।

छनोटका खेल काठमाडौंमा सोमबारदेखि सुरु हुँदैछ । छनोटमा कुल आठ टिमको सहभागिता रहेको छ र तिनलाई दुई समूहमा विभाजन गरिएको छ । छनोटको शीर्ष दुई स्थानमा रहने टिमले अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी-२० विश्वकप-२०२४ मा प्रवेश पाउने छन् ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology