ट्राफिक कारवाहीबाट नवलपुरमा २ करोड बढि राजस्व संकलन

NAWALPUR TIMES

ट्राफिक कारवाहीबाट नवलपुरमा २ करोड बढि राजस्व संकलन
Traffic Checkpoints 1

कावासोती । चालु आ.वको १० महिनामा ट्राफिक कारवाहीबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले २ करोड बढि राजस्व संकलन गरेको छ ।

चालु आ.वको वैशाख मसान्त सम्म ३६ हजार ३ सय वटा सवारी नियम मिच्ने सवारी साधनहरुलाई गरेको कार्वाहीबाट २ करोड १४ लाख ६० हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

चालु आ.वको दश महिनामा सबै भन्दा धेरै वैशाख महिनामा ४ हजार ५० वटा सवारी कार्वाहीबाट ३५ लाख १९ हजार ५ सय रुपिया राजस्व संकलन भएको हो । गत आ.व २०७८÷२०७९ मा ३१हजार १सय ९३ वटा सवारी साधनलाई गरिएको कार्वाही बाट २ करोड ११ लाख ८१ हजार ५ सय राजस्व संकलन भएको मा चालु आ.वको १० महिनामा गत आ.व २०७८/२०७९ भन्दा २ लाख ७८ हजार ५ सय रुपिया बढि राजस्व संकलन भैसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

सवारी दर्ता, नामसरी, सवारी चालक अनुमतिपत्र नभएका तथा अनुमतिपत्र नविकरण नगर्ने चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । ट्राफिक नियम पालनमा कडाइ गर्न थालेपछि राजश्व बढ्दै गएको तथा सवारी दुर्घटनाका घटना न्युनिकरण हुँदै गएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । नियम मिच्ने सवारी साधनहरुको संख्या बढदै गएको ट्राफिक प्रहरीको तथ्यांकले देखाए पनि सचेतनामुलक कार्यक्रमहरु सन्चालन गरिदै आएकाले क्रमिकरुपमा नियम मिच्ने सवारी साधनहरुको संख्या घटदै जाने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology