ट्रक र ग्यासको बुलेट ठोक्किँदा पृथ्वी राजमार्ग अवरुद्ध

NAWALPUR TIMES

ट्रक र ग्यासको बुलेट ठोक्किँदा पृथ्वी राजमार्ग अवरुद्ध
1622272444556

तनहुँ — व्यास नगरपालिका-१२ कमलाबारीमा शनिबार बिहान ट्रक र ग्यासकफ बुलेट ठोक्किँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको ग्यासको बुलेट सोही दिशातर्फ जाँदै गरेको मकै बोकेको ट्रकसँग ठोक्किँदा दुघटना भएको तनहुँका प्रहरी नायब उपरीक्षक(डीएसपी) युवराज तिमिल्सिनाले बताए ।दुर्घटनामा मानवीय क्षति भने नभएको तिमिल्सिनाले बताए । ग्यासको बुलेटको ब्रेक फेल भएर दुर्घटना भएको पनि उनले बताए । दुवै गाडीलाई पन्छाउन क्रेन बोलाइएको छ । राजमार्ग खुल्न केही समय लाग्ने पनि डीएसपी तिमिल्सिना जानकारी दिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology