ट्याग संयोजकको एडभान्स तालिम सम्पन्न

NAWALPUR TIMES

ट्याग संयोजकको एडभान्स तालिम सम्पन्न
received 1272255586470483

राजु चापागाई/चितवन ,२७ कार्तिक
किशोरीहरुलाई सूचना प्रविधिमा सक्षम बनाउन सुरू गरिएको ट्याग परियोजनको संयोजकहरुलाई एडभान्स तालिम सम्पन्न भएको छ । रीड नेपालको आयोजनामा कार्तिक २१ गतेदेखी २६ गतेसम्म चितवनको सौराहामा तालिम संचालन भएको थियो । किशोरीहरुलाई २१ औं शताब्दिका लागी सुचना प्रविधिसंगै नेतृत्व विकास र जीवन उपायोगी सीप सिकाउने गरी देशका ६ जिल्लाका १० वटा सामुदायिक पुस्तकालय मार्फत ट्याग परियोजना संचालन भैरहेको छ । ट्याग परियोजना अन्तर्गत पहिलो चरणको एक वर्षको तालिम सम्पन्न पश्चात स्थानीय स्तरमा तालिमको संचालनको लागी पुस्तकालयका ट्याग संयोजकहरुलाई तालिम प्रदान गरिएको हो ।पहिलो चरणमा रहेका ५० जना किशोरीहरुबाट छ्नोट भएका २७ जना किशोरीहरुलाई दोस्रो चरणको एडभान्स तालिम संचालनका लागी विविध विषयवस्तुमा ट्याग संयोजकहरुलाई सहजीकरण गरिएको छ । तालिमको सहजीकरण रीड नेपालबाट साजन थापा र अर्जुन महर्जनले गरेका थिए । तालिममा सामुदायिक आवश्यकताको पहिचान, परियोजना निर्माण र व्यवस्थापन ,व्यवहारिक कम्प्युटर शिक्षा अन्तर्गत ग्राफिक डिजाईनिंग, डिजिटल कथावाचन्, विकिपिडिया सम्पादन , क्लाउड कम्प्युटिङ्ग तथा बायोडाटा निर्माण सम्बन्धी सहजीकरण गरिएको रीड नेपालका कार्यक्रम अधिकृत साजन थापाले बताए । थापाका अनुसार ट्याग संयोजकले आ-आफ्नो पुस्तकालयको तालिममा आबद्ध किशोरीहरुलाई विभिन्न विषयवस्तुमा एडभान्स तालिम प्रदान गर्नेछ्न । तालिमसंगै समुदायमा किशोरीहरु सामुदायिक आवश्यकता पहिचान गर्दै सामुदायिक कार्यमा सहभागी हुनेछ्न ।दोस्रो चरणबाट प्रत्यक पुस्तकालयबाट दुई वा तीन जना किशोरीहरु तेस्रो चरणका लागी छनोट हुनेछ्न ।छनौट गरिएका दुई वा तीनजना उत्कृष्ट किशोरीहरुलाई एक हप्ताको विशेष प्रशिक्षण प्रदान गरिने थापाले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology