टोकियो ओलम्पिक: चीनको अग्रता फराकिलो हुने क्रम जारी, अमेरिका पछ्याउँदै

NAWALPUR TIMES

टोकियो ओलम्पिक: चीनको अग्रता फराकिलो हुने क्रम जारी, अमेरिका पछ्याउँदै
Tokyo olympic 2020

काठमाडौं। जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा पदक दौडमा चीनको अग्रता जारी रहेको छ। चीन ३२ स्वर्ण सहित पहिलो स्थानमा रहेको छ। चीनलाई अमेरिका र जापानले पछ्याइरहेका छन्।

अहिलेसम्म चीनले कुल ६९ पदक हासिल गरेको छ। उसले २१ रजत र १६ कांस्य पदक जितिसकेको छ। दोस्रो स्थानमा रहो अमेरिकाको २४ स्वर्ण रहेको छ। उसले २८ रजत र २१ कांस्य हात पारेको छ। तेस्रो स्थानमा रहेको आयोजक जापानले १९ स्वर्ण ६ रजत र ११ कांस्य जितेको छ।

चौथो स्थानमा रहेको अस्ट्रेलियाको १४ स्वर्ण, ४ रजत र १६ कांस्य पदक रहेको छ भने पाँचौं स्थानमा रहेको आरओसीको १३ स्वर्ण २१ रजत र १८ कांस्य रहेको छ। त्यसैगरि बेलायत १३ स्वर्ण, १७ रजत र १३ कांस्यसहित छैटौँ स्थानमा रहेको छ।

सातौं स्थानमा जर्मनी ८ स्वर्ण ८ रजत र १४ कांस्य सहित रहेको छ। फ्रान्स, नेदरल्याण्ड्स र दक्षिण कोरिया ६-६ स्वर्ण सहित क्रमश आठौं, नवौं र दशौं स्थानमा रहेका छन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology