टी–२० विश्व कपकाे उद्घाटन खेलमा नामिबियाद्वारा श्रीलङ्का पराजित

NAWALPUR TIMES

टी–२० विश्व कपकाे उद्घाटन खेलमा नामिबियाद्वारा श्रीलङ्का पराजित
namibia cricket team AfUvyk99dV

नवलपुर – आईसीसी टी–२० विश्व कपकाे उद्घाटन खेलमा नामिबियाले श्रीलङ्कालाई हराएकाे छ । साइमन्ड्स स्टेडियम जिलङमा भएकाे खेलमा नामिबियाले ५५ रनले हरायाे ।

नामिबियाले दिएकाे एक सय ६४ रनकाे लक्ष्य पछ्याएकाे श्रीलङ्काले १९ ओभरमा अलआउट हुँदै एक सय आठ रनमात्र बनाउन सक्याे । श्रीलङ्काका लागि कप्तान दसुन शनाकाले २९ र भानुका राजपाक्षले २० रन बनाए । बलिङतर्फ नामिबियाका डेभिड विस, बेर्नार्ड, बेन शिकाेङ्गाे र जान फ्रिलिङ्कले दुई–दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे नामिबियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६३ रन बनायाे । नामिबियाका लागि जान फ्रिलिङ्कले ४४  जेजे स्मिटले ३१ रन बनाए । बलिङतर्फ प्रमाेद मदुशानले दुई विकेट लिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology