टीका शर्मा कोपिलाको पहिलो लोकदोहोरी गीत ‘बित्यो जोबन’ सार्वजनिक

NAWALPUR TIMES

टीका शर्मा कोपिलाको पहिलो लोकदोहोरी गीत ‘बित्यो जोबन’ सार्वजनिक
received 196666858796901

चितवनकी चेली टीका शर्मा ‘कोपिला’ले जापानबाट आफ्नो पहिलो लोकदोहोरी गीत ‘बित्यो जोबन’ सार्वजनिक गरेकी छन् । गीतमा पुरुष गायनमा सुर्य खड्काले साथ दिएका छन् । गीतमा शब्द सिता पंगेनी तथा लय गायक खड्काको नै रहेको छ ।

बाग्लुङमा जन्मिएर चितवनलाई उच्च शिक्षा र कर्मथलो बनाएकी उनी हालं रोजगारीका क्रममा जापानमा रहेकी छन् । सानै देखि स्कूल तथा एफ् एम् रेडियोमा गीत गाउने गरेकी उनले स्थानीय प्रतियोगिता एवं एफ् एम् रेडियोका कार्यक्रममा थुप्रै पुरस्कार समेत जितेकी छन् । उनले श्रोताको रुपमा लोक दोहोरी गीत गाएर चितवन आसमापासमा लोकप्रिय श्रोताको रुपमा परिचित बनेकी थिइन् । उनले विजय एफ् एम् बाट प्रसारण हुने कार्यक्रम विजयको रोधी घरमा सह सञ्चालकको रुपमा दोहोरी गायिकाको भूमिका समेत निभाएकी थिइन् ।
उनी तीज गीत प्रतियोगितामा चितवन एवं नवलपुर क्षेत्रमा विशेष चर्चा बटुल्न सफल बाग्लुङे बबाल समूहकी प्रमुख गायिका समेत हुन् ।

रोजगारीको शिलशिलामा परदेशमा रहे पनि आफ्नो देश र सँस्कृतिको मायाले झन् सताउने गरेकाले मौलिक लोक दोहोरी गीत गाउन चाहना बढेको उनले बताइन् । गीतले निम्न एवं मध्यम वर्गीय परिवारको संघर्षशील जीवनको विषय बोकेको छ । गीत सुर्य खड्का युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो-

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology