टि २० महिला विश्वकप : न्युजिल्यान्ड सेमिफाइनलमा

NAWALPUR TIMES

टि २० महिला विश्वकप : न्युजिल्यान्ड सेमिफाइनलमा
f797caf4 b6fe 11ea bb4b 1e210f9e7edf 1724164027197

कावासोती । महिला टी-२० विश्वकप क्रिकेटमा न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरेको छ। दुबईमा गएराति भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई ५४ रनले हराउँदै न्युजिल्याण्डले अन्तिम चारमा स्थान बनाएको हो ।

न्युजिल्याण्डले चार मध्ये तीन खेलमा जितसहित ६ अंक बटुलेर अन्तिम चारमा स्थान बनाएको छ। न्युजिल्याण्डको जितसँगै पाकिस्तान र भारत प्रतियोगिताको समूह चरणबाट बाहिरीएका छन्।

पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ६ विकेट गुमाएर ११० रन बनाएको थियो। जवाफी ब्याटिङमा आएको पाकिस्तान ५६ रनमा अलआउट भयो। उसका लागि कप्तान फतिमा सानाले २१ र ओपनर मुनिबा अलीले १५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology