टि-टवान्टी क्रिकेटमा नेपालको उच्च स्कोर : नेदरल्यान्डलाई २३९ रनको लक्ष्य

NAWALPUR TIMES

टि-टवान्टी क्रिकेटमा नेपालको उच्च स्कोर : नेदरल्यान्डलाई २३९ रनको लक्ष्य
1619254744169

काठमाडौँ । कुशल भुर्तेल र कुशल मल्लको अर्धशतकको मद्दतले नेपालले नेदरल्याण्डसामु २ सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिदेशीय शृङ्खलाको फाइनलमा निर्धारित २० ओभरमा नेपालले २ सय ३८ रन बनाएको हो ।

टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालको यो सबैभन्दा ठूलो योगफल हो । नेपालले सन् २०१९ मा भुटानविरुद्ध २ सय ३६ रनको योगफल तयार गरेको थियो ।

कुशल भुर्तेलले शृङ्खलाको चौथो अर्धशतक बनाउने क्रममा ५३ बलमा ७७ रन बनाए । उनले यस क्रममा ८ चौका र ३ छक्का हिर्काए । कप्तान ज्ञानेन्द्र मल्लले ३३ रनको योगदान दिए । उनले ३ चौका र २ छक्का हिर्काए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology