कावासोती । मंगलबार मध्यराती देखि परेको झरीको कारण पुर्व पश्चिम सडकको नारायणघाट बुटवल खण्डमा पर्ने कावासोतीको खरकटटामा रहेको डाईभर्सनमा गाडी चल्न नसके पछि पुर्व पश्चिम महेन्द्रराजमार्गको बुटवल नारायणघाट सडक खण्ड अवरुद्ध भएको छ ।

सडक अवरुद्घ हुदाँ कावासेतीको पुर्व पश्चिम दुवै तिर सवारीको लामो लाईन लागेको छ भने आफ्नो गन्तव्यमा हिडेका यात्रुहरु अलपत्र परेका छन ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता सागर पन्तका अनुसार मध्यरात देखि परेको झरीको कारणले डाईभर्सन हिलो हुदाँ सवारी फसे पछि सडक अवरुद्घ भएको हो । फसेको ठाँउबाट सवारी निकालिए पनि डाईभर्सन मर्मत नहुदाँ सम्म सडक सुचारु हुन नसक्ने पन्तले बताए । पन्तका अनुसार सडक छिट्टै सुचारु गर्ने गरि मर्मतको काम भैरहेको छ ।
प्रकाशित : २०७८ पुष १४ गते १०:०६
Facebook Comment