ज्यामिरेबाट ब्राउन सुगर र गाँजा सहित एक जना पक्राउ

NAWALPUR TIMES

ज्यामिरेबाट ब्राउन सुगर र गाँजा सहित एक जना पक्राउ
dd

कावासोती । नवलपुर प्रहरीले ब्राउन सुगर र गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।

विनयी त्रिवेणी गाउँपालिका वडा नं २ ज्यामिरेबाट ब्राउन सुगर र गाँजा सहित देवदह ६, रुपन्देहीका २६ वर्षीय विजय बि.क पक्राउ परेका हुन ।

बुटवलबाट देवघाट जादैँ गरेको लु ६७ प २१७ नं को मोटसाईकललाई राजमार्गमा खटिएको प्रहरी चेकिङ टोलीले रोकेर चेकजाँच गर्ने कममा ७ सय ग्राम ब्राउन सुगर र २२ ग्राम गाँजा फेला परे पछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी जेसी शाहले जानकारी दिए ।

घटनाको थप अनुसन्धान भैरहेको प्रहरील् जनाएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology