जेसीज कप फुटसलको उपाधि लायन्स क्लव शान्तिभूमिलाई

NAWALPUR TIMES

जेसीज कप फुटसलको उपाधि लायन्स क्लव शान्तिभूमिलाई
footsal

परासी, १६ चैत । रामग्राम जेसीजद्धारा आयोजित ईन्डिगो पेन्ट्स जेसीज कप फूटसल प्रतियोगिताको उपाधि लायन्स क्लव अफ रामकग्राम शान्तिभूमिले कब्जा गरेको छ । आईतबार साँझ भएको फाईनल खेलमा आयोजक रामग्राम जेसीजलाई पराजित गर्दै लायन्स क्लवले उपाधिमाथि कब्जा जमाएको हो ।

लायन्स क्लवले रामग्राम जेसीजलाई दुईका विरुद्ध पाँच गोल गर्दै जित हासिँल गरेको हो । होली पर्वको अवसर पारी जेसीजले चैत १२ गतेदेखि परासीस्थित लिटिल एञ्जेल्स माविको प्रांगढमा प्रतियोगिता सञ्चालन गरेको थियो । प्रतियोगितामा आयोजक रामग्राम जेसीज, रामग्राम जेसीज सल्लाहकार, रोटरी क्लव अफ नवलपरासी, लायन्स क्लव अफ रामग्राम शान्तिभूमि, स्वास्थ्य कार्यालय, र एम्नेष्टि ईन्टरनेश्नल समूह ३१ परासी गरी ६ वटा टिमको सहभागिता रहेको कार्यक्रम संयोजक अनिल उपाध्यायले जानकारी दिनुभयो ।

विजेता टिमलाई रु पाँच हजार एक सयको चेक,मेडल,ट्रफि र प्रमाणपत्र तथा उपविजेता टिमलाई रु दुई हजार पाँच सयको चेक, मेडल, ट्रफि र प्रमाणपत्र वितरण गरिएको थियो । प्रतियोगितामा सर्वाधिक गोलकर्ता एम्नेष्टि ईन्टरनेश्नलका गंगा चौधरी, उत्कृष्ट खेलाडी लायन्स क्लवका मुकेश कलवार, उत्कृष्ट गोलकिपर रामग्राम जेसीजका वेनीमाधव बस्याल,, अनुशासित तथा समर्पित टिमको रुपमा स्वास्थ्य कार्यालय घोषित भयो भने फाईनल खेलको म्यान अफ म्याच रामग्राम जेसीजका दिपेश शर्मा घोषित भए ।

प्रतियोगिताको आईतबार साँझ नै समापन पनि गरिएको छ । रामग्राम जेसीज वर्ष २०२१ का अध्यक्ष चन्द्रमणि चौधरीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकको प्रमुख आतिथ्यमा भएको ऊक्त कार्यत्रममा रामग्राम जेसीजका संस्थापक अध्यक्ष श्यामकुमार बस्याल, रामग्राम–३ का कार्यबाहक वडाध्यक्ष सुरज पाण्डे, उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय सदस्य रामजी ज्ञवाली लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो भने रामग्राम जेसीज वर्ष २०२१ का महासचिव मोहन पौडेलको सञ्चालन, कार्यकारीणि उपाध्यक्ष अनिल उपाध्यायको स्वागत र कोषाध्यक्ष सुनिता अग्रहरीको आस्था पाठमा कार्यक्रम सम्पन्न भएको प्रतियोगिताका सहसंयोजक राजु देवानले जानकारी दिनुभयो ।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology