जेसिबी बोकेको टेलर अनियन्त्रित भएर पल्टिदा २ जना घाईते

NAWALPUR TIMES

जेसिबी बोकेको टेलर अनियन्त्रित भएर पल्टिदा २ जना घाईते
Accident sketch1614604753

कावासोती । जेसिबी बोकेको टेलर गाडी अनियन्त्रित भएर पल्टिदा २ जना घाईते भएका छ्न । पुर्व पश्चिम राजमार्गको मध्यबिन्दु न.पा.११ गडरखोला नजिकै पश्चिमबाट पूर्व तर्फ जादै गरेको बा.प्र.०३-००१ क ०६५५ नं.को जेसिबी बोकेको टेलर गाडी आफै अनियन्त्रित भई सडकको दायाँ पट्टि पल्टिदा दुई जना घाइते भएका नवलपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाईते हुनेहरुमा जेसिबी चालक मुगुकोखतरे गाउँपालिका- ३ बस्ने बृचन कामी र टेलर गाडीको सहचालक जुम्ला कनका सुन्धरी गाउँपालिका वडा नं ८ का चानस कुमार कामी रहेका छ्न । घाईतेलाई उपचारको लागि भरतपुर पठाईएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टेलरको चालक र जेसिबी सहचालक फरार रहेका छन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology