जेम्स एन्डर्सनले बनाए टेस्ट क्रिकेटमा कीर्तिमान

NAWALPUR TIMES

जेम्स एन्डर्सनले बनाए टेस्ट क्रिकेटमा कीर्तिमान
James Anderson
No ads found for this position
No ads found for this position

१० भदाै । इंग्ल्याण्डका जेम्स एन्डर्सन टेस्ट क्रिकेटमा ६०० विकेट लिने पहिलो तीव्र गतिको बलर बनेका छन् । ३८ वर्षका एन्डर्सनले पाकिस्तानसँगको अन्तिम टेस्टको पाँचौँ दिन अजहर अलीलाई क्याच आउट गरेर कीर्तिमानी विकेट लिएका हुन् ।

उनले सन् २००३ मा टेस्ट डेब्यू गरेका हुन् । उनी टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा चौथो स्थानमा छन् । उनी भन्दाअघि मुथैया मुरलिधरण, शेन वार्न र अनिल कुम्ब्ले छन् ।

एन्डर्सनले साउथह्याम्पटनमा तेस्रो टेस्टको सुरुवात गर्दा ५९३ विकेट लिएका थिए । पहिलो पारीमा ५६ रन दिएर पाँच विकेट लिएका उनले दोस्रो पारीमा पाकिस्तानका अविद अलीलाई एलबिडब्लु आउट गरे । उनी ५९९ विकेटमा पुगे । ६०० सयौँ विकेटका लागि उनले केही कसरत गर्नु परेको थियो । तर जहरलाई आउट गरेपछि उनको त्यो पर्खाई पूरा भयो ।

श्रीलंकाका मुरलिधरणले १३३ टेस्टमा ८००, अस्ट्रेलियाका शेन वार्नले १४५ टेस्टमा ७०८, भारतका अनिल कुम्ब्लेले १३२ टेस्टमा ६१९ विकेट लिएका छन् । तीव्र गतिमा बलर एन्डर्सनले १५६ टेस्टमा ६०० विकेट लिएका हुन् । ६०० विकेट लिने उनी एक मात्र तीव्र गतिका बलर हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No ads found for this position
No ads found for this position

थप समाचार

No ads found for this position
No ads found for this position

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Site By: Genesiswtech.com