जुवा खेलिरहेको अवस्थामा देवचुलीको फारमबाट २९ हजार नगद सहित ५ जना पक्राउ

NAWALPUR TIMES

जुवा खेलिरहेको अवस्थामा देवचुलीको फारमबाट २९ हजार नगद सहित ५ जना पक्राउ
1634997680071

कावासोती ।  नवलपुरको देवचुलीबाट पाँचजना जुवाडे आज दिउसो पक्राउ परेका छन् । देवचुली नगरपालिका वडा नं. १७ फारमचोक स्थित नौलासिंह घर्ती मगरको घरमा जुवा खेलिरहेका पाँचजनालाई प्रहरीले पक्राउ गरेको हो ।उनिहरुको साथबाट २९ हजार ८१० रुपैँया बरामद गरिएको प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा देवचुली नगरपालिका वडा नं. १७ का घरधनी ५० वर्षका नौलासिंह घर्ती मगर, वर्ष ३५ का चित्र बहादुर मगर, वर्ष ३२ का अजय उपाध्याय, वर्ष ५१ क भिमसिंह गुरुगं र ४७ वर्षका टुक बहादुर गुरुगं रहेका छन् । उनिहरु सबैलाई जुवामुद्धामा अनुसन्धान गरि कारबाही गरिने प्रहरीले जनाएको छ ।

चाडपर्वको नाममा जुवा तास खेलेर घर परिवारको आर्थिक अवस्था कमजोर बन्ने तथा समाजमा नै नकरात्मक असर पर्ने भएपछि जिल्लामा जुवातासलाई निरुत्साहित गर्न प्रहरीले सकृयता बढाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology