जुत्ता चप्पल गोदाममा आगलागी : ४ बालबालिका सहित ५ जनाको मृत्यु

NAWALPUR TIMES

जुत्ता चप्पल गोदाममा आगलागी : ४ बालबालिका सहित ५ जनाको मृत्यु
aago

दाङ तुलसीपुरस्थित जुत्ता-चप्पल गोदाममा भएको आगलागी बिहान सात बजेतिर नियन्त्रणमा आएको छ।

आगलागीमा परी मृत्यु भएका पाँच जनामध्ये चार बालबालिका छन्।

तुलसीपुर उपमहानगरपालिका-५ ‘ङ’ लाइनस्थित इरम फुटवेयर जुत्ता-चप्पल गोदाममा शुक्रबार बिहान २ बजेतिर आगो लाग्दा निसास्सिएर पाँचजनाको ज्यान गएको हो। प्रहरीका अनुसार मृत्यु हुनेमा करिब ५–६ वर्षका अबिददिन अली, करिब १३–१४ वर्षीया सजिता खातुन, करिब १४–१५ वर्षीय हसन बकस, करिब १५–१६ वर्षीय मसिन बकस र करिब ४०–४२ वर्षीय नजरदिन अली छन्।

प्रहरी, सेना, सशस्त्र प्रहरी, स्थानीयवासी तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाका दमकलले बिहान ७ बजेतिर आगो नियन्त्रणमा लिएका छन्।

बिहान पौने दुई बजेतिर गस्तीमा गएको प्रहरीको टोलीले आगो लागेको देखेको थियो। करिब पाँच घण्टापछि मात्र आगो नियन्त्रणमा आएको हो।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology