जीप दुर्घटनामा वडा सदस्यसहित चार जनाको मृत्यु, तीन जना घाइते

NAWALPUR TIMES

जीप दुर्घटनामा वडा सदस्यसहित चार जनाको मृत्यु, तीन जना घाइते
accdent

म्याग्दी। म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनप्रतिनिधिसहित चार जनाको मृत्यु भएको छ । सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका-१ बेग गाउँ जाँदै गरेको निलगिरी यातायात प्रालिको ग १ ज ७२५१ नम्बरको जीप सोमबार साँझ दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी गौमाया विक, जीप चालक दुतबहादुर थापा, खिमु पुन र खिमानन्द शर्माको ज्यान भएको प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले पुष्टि गरे । गौमाया रघुगंगा गाउँपालिका-१ बेगकी निर्वाचित वडा सदस्यसमेत हुन् ।

दुर्घटनामा बलबहादुर विक, मनोज पुन, भीम फगामी र ज्ञानबहादुर शेरपुञ्जा घाइते भएका छन् । उनीहररूलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology