जिसि र सापकोटा परिवारद्वारा रजहर आईसोलेसनमा फलफुल वितरण

NAWALPUR TIMES

जिसि र सापकोटा परिवारद्वारा रजहर आईसोलेसनमा फलफुल वितरण
IMG 0945 1024x682 1

गैंडाकोट, ११ भदौ । कोरोना संक्रमितको हौसला वढाउन र समाजलाई सकारात्मक सन्देश दिन रजहर जेसीजका संस्थापक अध्यक्ष सुलोचना कुँवर जिसी, उहाँका श्रीमान् एवम रजहर जेसीज २०१८ का अध्यक्ष चित्रध्वज जिसी सहित समाजसेवी गोपाल सापकोटा र उहाँकी धर्मपत्नी टिका आज रजहरको आइसोलेसन पुग्नुभएको छ ।

 

पछिल्लो समय कोरोना संक्रमण देखिएका व्यक्ति र परिवारलाई समाजका केही व्यक्तिहरुले देखाएको खराव व्यवहारको अन्त्य र भेदभाव गर्नेहरुलाई निरुत्साहीत गर्न पनि फलफूल सहित आफुहरु आइसोलेसन आएको सुलोचनाले बताउनुभयो । समाजमा पछिल्लो समय वढेको नकारात्मक सोच र व्यवहारलाई तत्काल हटाउनुपर्नेमा जोड दिँदै उहाँले संक्रमितहरुलाई हौसला प्रदान गर्नुपर्ने र परिवारलाई सहयोग गर्न सवैमा आह्वान पनि गर्नुभयो। भोलि कहिँ कतैवाट संक्रमित भइहाले गएर उपचार गर्ने स्थान रजहरनै भएको भन्दै लक्षण देखिएपनि आइसोलेसनको व्यवस्थापनले विरामी छु भन्ने अनुभवनै गर्नै नदिएको भन्दै उत्कृष्ट व्यवस्थापनप्रति आभार व्यक्त गर्नुभयो ।

कोरोना कसलाई लाग्ने कसलाई नलाग्ने कुनै मापदण्ड नभएको भन्दै वर्ष २०१८ का अध्यक्ष चित्रध्वज जिसीले संक्रमित भइहाल्ने व्यक्तिलाई विभेद नभई आत्मियता देखाएर हौसला र उत्साह दिनुपर्छ भन्ने सन्देश सहित आइसोलेसन आएको बताउनुभयो । निश्चित दुरी कायम गरेर संक्रमितलाई हौसला वढाउन सकिने भन्दै उहाँले संक्रमण देखियो भन्दै समाजमा गरिने विभेद हटाउन सवै वर्ग लाग्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा बोल्दै समाजसेवी एवम सापकोटा साइकल सेन्टरका संचालक गोपाल सापकोटाले आइसोलेसनमा रहेका व्यक्तिहरुसँग आत्मियता साट्न सानो सहयोग सहित उपस्थित भएको भन्दै चिकित्सालयको व्यवस्थापन धेरै राम्रो रहेको बताउनुभयो । साथै चाँडै कोरोनालाई जित्न भन्दै शुभकामना दिनुभयो ।

 

सहयोगप्रति आभार व्यक्त गर्दै चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले आपतविपतमा पर्दा आत्मियाता साट्नुले पनि विरामीलाई ठूलो हौसला मिल्ने भन्दै नैतिक धर्मका साथ आएर सहयोग गरिदिएकोमा धन्यावाद दिनुभयो ।

जिसी गैंडाकोट रिर्सोटका संचालक एवम प्राकृतिक चिकित्सालय रजहरका आजिवन सदस्य समेत रहनुभएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology