जिल्ला स्तरीय भलिबल प्रतियोगिताको फाईनल समीकरण पूरा : भोलि फाईनल खेल हुने

NAWALPUR TIMES

जिल्ला स्तरीय भलिबल प्रतियोगिताको फाईनल समीकरण पूरा : भोलि फाईनल खेल हुने
received 2433556260243521

होमनाथ पौडेल, देवचुली

जनजागृत युवा क्लब देवचुली ९ विशालटारद्वारा आयोजित २५ औँ जिल्ला स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताका आज मंगलबार क्वाटर फाइनल र सेमिफाइनलका खेल सम्पन्न भैइ फाईनल समीकरण पूरा भएको छ ।
क्वाटर फाइनल तर्फ रतनपुर खेलकुद विकास समिती गैँडाकोट १४ र आयोजक बिच भएको खेलमा आयोजकले विजय प्राप्त गरि सेमिफाइनलमा प्रवेश गरेको छ भने कालिका एग्रोभेट देवचुली १५ र तिनघरे टोल देवचुली ९ बिच भएको खेलमा कालिका एग्रोभेट देवचुली १५ विजय हुँदै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ ।
त्यस्तै सेमिफाइनलतर्फ भएका खेलमा रियान्स सप्लायर्स देवचुली ९ र आयोजकबिच भएको खेलमा रियान्स सप्लायर्स देवचुली ९ विजयी भइ फाइनलमा प्रवेश गरेको छ भने रोजिना सुनचाँदी पसल देवचुली १३ र कालिका एग्रोभेट देवचुली १५ बिचको खेलमा कालिका एग्रोभेट देवचुली १५ विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ।
फाइनल खेल तथा समापन समारोह भोलि हुने आयोजकले बताएको छ। फाइनल खेलमा रियान्स सप्लायर्स देवचुली ९ र कालिका एग्रोभेट देवचुली १५ ले प्रतिस्पर्धा गर्नेछन्।

जिल्ला स्तरीय भलिबल प्रतियोगिताको फाईनल समीकरण पूरा : भोलि फाईनल खेल हुने 2

प्रतियोगितामा प्रथम हुने टिमलाई रु ५० हजार,मेडल र प्रमाणपत्र, द्धितीय हुने टिमलाई रु २५ हजार मेडल र प्रमाणपत्र र सेमिफाइनलमा प्रवेश गर्ने दुई टिमलाई ७ हजार ५ सय मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
जनजागृत युवा क्लवले पुसे १५ को अवसरमा विगत २५ बर्षदेखी भलिबल खेल सन्चालन गर्दै आइरहेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology