नवलपुर । जिल्ला समन्वय समिति नवलपुरकाे निर्वाचन असार ४ गते हुने भएको छ ।
असार ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेबाट जिसस प्रमुख र उपप्रमुख सहित ९ पदका लागि १८ जनाकाे उम्मेदवारी परेकाे मुख्य निर्वाचन अधिकृतको कार्यालय नवलपुरले जनाएको छ ।
काङ्ग्रेसबाट प्रमुखमा द्राेण वन सन्यासी, उप प्रमुखमा मिरा थनेत , सदस्यहरुमा राधिका परियार, देवमाया दमिनी, दिनेश कुमाल, गाेमाया पाण्डे, ज्ञानप्रसाद खनाल, चित्रबहादुर थापा, सुरेन्द्र कुमालकाे उम्मेदवारी परेको छ भने एमालेबाट प्रमुखमा बाबुराम विश्वकर्मा , उप प्रमुखमा शकुन्तला लम्साल , सदस्यहरुमा कुलप्रसाद शर्मा भुसाल , लाेकनाथ अर्याल ,लिला पाैडेल, सरस्वती पाठक, रेनु गुराै,सम्झना सार्की र पिन कुमारी चिताैरेकाे उम्मेदवारी परेकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिसस नवलपुरका लागि ८ पालिकाका प्रमुख ,उप प्रमुख, अध्यक्ष ,उपाध्यक्ष गरि १६ जना मतदाता रहेका छन् । जसमा एमालेकाे ११ र काङ्ग्रेसको ५ मत रहेकाे छ ।
प्रकाशित : २०७९ जेठ ३१ गते २१:१९
Facebook Comment