जिन सिक्वेन्सिङ गर्ने मेसिन आयो, जनशक्ति छैन

NAWALPUR TIMES

जिन सिक्वेन्सिङ गर्ने मेसिन आयो, जनशक्ति छैन
1616636277810

काठमाडौं । कोरोना भाइरस कुन देशबाट आयो। अरुदेशहरुसँग मिल्छ कि मिल्दैन। लक्षणहरु के कस्ता छन्, अरु देशमा फैलिएको कोरोनाको लक्षणहरु के कस्ता छन भनेर पत्ता लगाउनुलाई जिन सिक्वेन्सिङ भनिन्छ।

नेपालमा जिन सिक्वेन्सिङ गने मेसिन थिएन। नेपालमा पहिलो कोरोनाका संक्रमित भेटिएको बेला चीन पठाउन परेको थियो। पछिल्लो कोरोनाको स्टे«न आयो भन्ने बेला पनि नेपालमा जिन सिक्वेन्सिङ गर्न सकिएको थिएन।

तर, अहिले मेसिन आए पनि चलाउने जनशक्ति छैन। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उक्त मेसीन भए पनि चलाउनसक्ने जनशक्ति नभएको बताइएको छ।

प्रयोगशालाकी निर्देशक डा. रुणा झाले मेसिन चलाउने नजशक्ति नभएको स्वीकार गरेकी छन्। उनले बाहिर पनि नगन्य मात्रामा उक्त जनशक्ति भएको भन्दै जनशक्ति हायर गर्नु पर्ने बताइन्।

नयाँ प्रजातिको कोरोना विश्वमा फैलिन थालेपछि विश्व स्वास्थ्य संगठनको सहयोगमा उक्त मेसिन राष्ट्रिय प्रयोगशालामा ल्याइएको हो।

उक्त मेसिन चलाउन माइक्रोबायोलोजिस्ट अर्थात् भाइरोलोजिस्ट, मलिक्युलर बायोलोजी र बायोइन्फम्र्याटिक्सको पूर्ण ज्ञान भएको व्यक्ति चाहिन्छ । एक जिन सिक्वेन्सिङ मेसिन सञ्चालन गर्न सूक्ष्मजीव विज्ञान, विषाणु विज्ञान, माइक्रोबायोलोजिस्ट अर्थात् भाइरोलोजिस्ट, मलिक्युलर बायोलोजी र बायोइन्फम्र्याटिक्स गरी पाँचजनाको टिम आवश्यक विशेषज्ञहरू बताउँछन् । आजकाे नयाँपत्रिकामा समाचार छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology