कावासोती । नवलपुरमा जापनिज ईन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको कावासोती र देवचुली नगरपालिकाका एक एक जनामा यो सङ्क्रमण देखिएकोमा एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँले जानकारी दिए ।
चापागाईका अनुसार मृतयु हुनेमा कावासोतीकी महिला हुन भने उस्तै लक्षण देखिएका देवचुली १७ की महिलाको भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगबाट नवलपुरमा गत आव मा सातसंक्रमित भएका थिए भने पाँच जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । बिरामीलाई उच्च ज्वरो आउने, वान्ता हुने, घाटी दुख्ने, चेतना हराउने, बेहोस हुने लगायतका लक्षण देखा पर्ने प्रमुख चापागाईले बताए ।
यो रोग लागेपछि बिरामीको मृत्यु हुनसक्ने सम्भावना धेरै हुने भएकाले पहिले नै सचेत हुनुपर्ने उनको भनाइ छ । कुनै लामखुट्टेले जापनिज इन्सेफलाइटिस भाइरस भएको जनावरलाई टोकेर त्यही लामखुट्टेले मानिसलाई टोकेपछि यो रोग मानिसमा सर्ने गर्दछ ।
प्रकाशित : २०८० भदौ १९ गते १४:२३
Facebook Comment