जापानले बनायो उड्ने कार, २०२३ सम्म बजारमा आउने

NAWALPUR TIMES

जापानले बनायो उड्ने कार, २०२३ सम्म बजारमा आउने
1598679322.japnese flying car

काठमाडौं। दुनियाँ कोरोना कहरमा डुबिरहेका बेला जापानले भने उड्ने कारको सफल परीक्षण गरेको छ। सहज ढंगमा सडकमा गुडिरहेको कार एकाएक आकाशमा उड्न थाल्यो भने मानिस चकित पर्नु स्वाभाविकै हो।

 

यस्तो कारको चाहना नराख्ने को होला? सडकमा जाम, मानिसको भीडले हैरान कार प्रयोगकर्ताहरुले उड्ने कारको सपना देख्न थालेको लामो समय भइसकेको छ। यही सपनालाई पूरा गर्ने दिशाका अघि बढेको छ जापान। उपभोक्ताहरु केहीबेर मात्रै यस्ता कार उडाउन सकिए सडक जामको समस्या कम हुने बताउँछन्।

 

जापानको स्काईड्राइभ इन्कले एक व्यक्तिमाथि यो कारको सफल परीक्षण गरेको हो। कम्पनीले सञ्चारमाध्यमसामुत यसको भिडियो देखाएको छ। उक्त कार हेर्दा मोटरसाइकलजस्तो देखिन्छ, भिडियोमा कार दुई मिटरसम्मको उचाइमा उडेको थियो। र, चार मिनेटसम्म हावामा तैरिएको थियो।

 

स्काईड्राइभ परियोजनाका प्रमुख तोमोहिरो फुकुजावाका अनुसार यो कार २०२३ सम्म बजारमा आउने छ। यसलाई सुरक्षित बनाउने काम भने बाँकी नै रहेको उनले स्वीकारेका छन्।

 

‘‘संसारमा उड्ने कार बनाउन सयभन्दा बढी परियोजना चलिरहेका छन्। तीमध्ये केही भने कारमा मानिस राखेर उड्न सफल भएका छन्,’’ उनले भने। मानिसहरु यस्ता कारमा यात्रा गर्दा सुरक्षित हुन चाहने उनको भनाइ थियो।

 

यस्ता कार पाँचदेखि १० मिनेटसम्म उड्न सक्छन्, तर यसलाई बढाएर ३० मिनेटसम्म पु¥याउन सकिने उनले बताए। यो कार बनाएपछि चीनलगायतमा मुलुकमा निर्यात गर्न सकिने उनको भनाइ थियो।

 

(एजेन्सी)

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology