जहाँ चोरका लागि नै भेडा छुट्याइन्छ !

NAWALPUR TIMES
प्रकाशित : २०७९ मंसिर २६ गते ७:४१
जहाँ चोरका लागि नै भेडा छुट्याइन्छ !
bheda

बझाङ । चिसो बढ्न थालेसँगै हिमाली क्षेत्रका भेडापालक किसान भेडासहित बेंसी झर्न थालेका छन् । जिल्लाको साईपाल, तल्कोट, मष्टा गाउँपालिकालगायतका भेडापालक चरनका लागि वर्षायाममा लेंकतिर जाने र हिउँद लागेपछि बेंसी झर्ने गर्छन् ।

भेडा पालकको हैरानी वास्तवमै टिठलाग्दो छ । भेंडा लिएर खर्कमै रात बिताउने क्रममा भेंडापालकले पटकपटक भेंडा गुमाएका छन् । साइपाल हिमालदेखि डोटीसम्मको यात्राका क्रममा आफूहरू धेरै ठाउँमा लुटिने, कुटिने र ठगिने गरेको भेडा व्यावसायी साइपाल गाउँपालिका–१ का कालु धामीले बताए ।

सामुदायिक वनमा भेंडा चराएबापत शुल्क तिर्नुपर्ने झन्झटिलो नियमले किसानलाई निराश बनाएको छ । धामी भन्छन् ‘एक जनालाई पैसा दिएर पठायो केही दिनपछि अर्काे गाउँका मान्छे यो सामुदायिक वन त हाम्रोमा प¥यो भन्दै पैसा माग्न आउँछन् पैसा नदिए भेडा नै खोसेर लैजान्छन । धामीको भनाइअनुसार एउटै वनमा ८/१० दिन भेडा चराएबापत पटकपटक गरी १५/२० हजारसम्म तिर्नुपर्छ ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

कतिपय ठाउँ यस्तो छ । जंगलमा चराउन छोडेका भेडा चोरेर खाइदिन्छन । बझाङदेखि डोटी लैजाँदा र ल्याउदा बर्षमा कम्तीमा पनि १५/२० भेडा च्यांग्रा चोरकै लागि छुट्याउनुपर्ने बाध्यता रहेको भेडापालकको गुनासो छ ।

प्रकाशित : २०७९ मंसिर २६ गते ७:४१
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI