जसपाबाट उपप्रधानसहित ८ मन्त्री, २ राज्यमन्त्री, आजै शपथ

NAWALPUR TIMES

जसपाबाट उपप्रधानसहित ८ मन्त्री, २ राज्यमन्त्री, आजै शपथ
IMG 20210604 174619

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) बाट ८ मन्त्री र २ राज्यमन्त्री बन्‍ने पक्का भएको छ । जसपाका नेता केशव झाका अनुसार आजै (शुक्रबार) साँझ मन्त्रीहरुले पद तथा गोपनियताको सपथ खाँदैछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच शुक्रबार दिउँसो बालुवाटारमा भएको छलफलमा उपप्रधानसहित ८ मन्त्री र २ राज्यमन्त्री जसपाबाट मन्त्रिपरिषद्‌मा समेट्ने सहमति भएको हो ।

जसपा नेता राजेन्द्र महतो उपप्रधानसहित सहरी विकासमन्त्री, शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाई, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिक, एकवाल मियाँ युवा तथा खेलकुदमन्त्री बन्ने छन् ।य

स्तै राज्यमन्त्रीमा चन्द्रकान्त चौधरी ऊर्जा र रेणुका गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नेता इकबाल मियाँले जानकारी दिए । उनका अनुसार नयाँ मन्त्रीहरुलाई साँझ ६ बजेपछि शपथका लागि तयार हुन भनेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology