जलवाष्फयुक्त हावाको प्रभाव : तीन दिन भारी वर्षाको सम्भावना

काठमाडौं : तीन दिन भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

NAWALPUR TIMES

जलवाष्फयुक्त हावाको प्रभाव : तीन दिन भारी वर्षाको सम्भावना
cover 1595309475

काठमाडौं : तीन दिन भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल नेपालमा भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव हुनुको सँगै बंगालको खाडीबाट भित्रिएको जलवाष्फ युक्त हावाको समेत सामान्य प्रभाव रहेको छ।

 

सोमबार जारी बुलेटिनमा दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश  र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

मंगलबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशका प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राती देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश  ५ र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

बुधबार देशभर सामान्यतया बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश  ५ र कर्णाली प्रदेशका प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
बुलेटिनमा भनिएको छ, ‘प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology