जयपृथ्वीबहादुर राष्ट्रिय विभूति घोषित, यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

NAWALPUR TIMES

जयपृथ्वीबहादुर राष्ट्रिय विभूति घोषित, यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
Deuba Cabinet16266993001631241941

काठमाडौं । सरकारले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)अघि नबढाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले योसहित विभिन्न सात निर्णय गरेको छ । सबै सरकारी निकायहरूले कूटनीतिक सम्बन्धका विषयहरूमा पत्राचार गर्दा अनिवार्य रूपमा परराष्ट्र मन्त्रालयमार्फत गर्ने निर्णय पनि गरिएको छ ।

यस्तै, नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्‍याएको योगदानको कदरस्वरूप जयपृथ्वीबहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गरिएको छ ।

नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदमा सहसचिव विनोदप्रकाश सिंहलाई बढुवा गर्नेलगायत निर्णय मन्त्रिपरिषद्को उक्त बैठकले गरेको छ ।

निर्णयहरू पढ्नोस्–

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology